प्रचण्डलाई नढाँट्नुहोस् भन्ने ठेकेदार पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित

बुधबार, २२ कार्तिक २०७४, ११ : ०३
प्रचण्डलाई नढाँट्नुहोस् भन्ने ठेकेदार पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित


चितवन । पराजित मानसिकताबाट अत्तालिएका चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार बिक्रम पाण्डेले सोही क्षेत्रका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तपाइँ नढाँट्नुहोस्, ठेक्कापट्टा छाडेको दस वर्ष भयो भनेको २४ घण्टा नबित्तै पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित भएको छ ।

कात्तिक २२ गते बुधबार प्रकाशित कान्तिपुर दैनिकको प्रथम पृष्ठमा राजु चौधरीले लेखेको चुनावी मैदानमा दुई दर्जन ठेकेदार शीर्षक समाचारमा बिक्रम पाण्डेको नाम सबैभन्दा अगाडि छ । निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले प्रतिनिधि सभा निर्वाचनमा ११ जना र प्रदेश सभा निर्वाचनमा १२ जना ठेकेदार चुनावी मैदानमा रहेको खुलासा गरिदिएका छन् । कालिका कन्स्ट्रक्सन्सका मालिक पाण्डे चुनावी मैदानमा उत्रिएको समाचारमा स्पष्टसँग उल्लेख छ ।

एक वर्षभित्र चितवन राष्ट्रिय निकुञ्जको बाटो पिच गर्छु भनेर ठेकेदार पाण्डेले अर्को झुट बोलेका छन् । विश्व सम्पदा सूचीमा रहेको निकुञ्जभित्र पिच गर्न पाइँदैन । राप्ती नदीमाथि बनाइएको पुल सञ्चालमा ल्याउन दुई वर्ष कुर्नु परेको विगत थाहा पाएका चितवनवासीले ठेकेदार पाण्डेको झुट तत्कालै पत्ता लगाइसकेका छन् । हार हुने निश्चित भएपछि छट्पटाएका ठेकेदार पाण्डेल पराजित मानसिकतामा जे पायो त्यही बर्बराउन थालेको तीन नम्बर क्षेत्रका मतदाताले प्रतिक्रिया दिएका छन् ।

नेपाली काँग्रेसको समर्थन लिएर लोकतान्त्रिक मोर्चाबाट क्षेत्र नम्बर तीनका लागि उम्मेदवारी दिएका पाण्डेले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन लड्ने दुस्साहस गरेका छन् । नेपाली काँग्रेसको बलमा चुनाव जित्ने सपना देखेका पाण्डेलाई एकपछि अर्को झट्का सहनु परेपछि उनी चुनावमा पराजय हुने निश्चित भइसकेको भन्दै क्षेत्र नम्बर तीनका मतदाताले खासखुस गर्न सुरु गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस