काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्।
आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ को दमकमा रहेका ओलीले आइतबार दमकमा आयोजित एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्ने वाला पनि नरहेको बताए ।
नेपाली काँग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए । त्यस बेला परिस्थिति नै खराब ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गरे ।
एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्त्व समाज भाँड्न लागि परेको टिप्पणी गरेका छन् । रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको बताए ।
एमाले सधैँ जनताको बीचमा रहेको, जनताकै बीचमा हुर्किएको पार्टी भएकाले जनताका बीचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताए । तर जनताबाट अस्वीकृत हुने देखिएपछि त्यस्ता तत्त्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषयतर्फ लागेको ओलीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १४ : ०१
लेखकबाट थप