काठमाडौँ । बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
२०६२ मा गठन भएको चुरे भावर पार्टीका संस्थापकमध्येका एक न्यौपाने पछिल्लो समय सो पार्टीका अध्यक्ष थिए। चुरेभावर आन्दोलनको बलमा एक पटक समानुपातिक सांसदबाट मन्त्रीसमेत बनेका न्यौपाने आज नेकपामा प्रवेश गरेका छन् । मंगलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा दुई पार्टीबीचको एकतासम्बन्धी सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष न्यौपानेले हस्ताक्षर गरेका छन्।
तत्कालीन माओवादीबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला न्यौपानेले चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०८२, १५ : ५३
लेखकबाट थप