सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०८२, २० : ४६
सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायतका समसामयिक विषयमा कुराकानी भएको सञ्चार मन्त्री खरेलले जानकारी दिए।

संघ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । 

सञ्चार मन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरूसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गर्दै आएका थिए । उनले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरूसँग पनि चरणबद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहेका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सरकारकातर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्रता दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस