गगन थापाको आपत्ति : युपीएफले नेपालको बारेमा झुठो सन्देश फैल्यायो

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १८ : ०५
गगन थापाको आपत्ति : युपीएफले नेपालको बारेमा झुठो सन्देश फैल्यायो

फाईल फोटो

काठमाडौँ । नेपालको बारेमा गलत सन्देश फैलाएको भन्दै कांग्रेस नेता गगन थापाले कडा आपत्ति जनाएका छन् ।
थापाले युपीएफले गलत सन्देश फैल्याएको भन्दै यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग गरेका छन् ।
सामाजिक सञ्जालमा चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण गरेको भन्दै थापाले आफ्नो सामाजिक सञ्जालमा लखेका छन् ‘उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन(युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएकोले त्यसप्रति आपत्ति छ’ थापाले भनेका छन् ।
‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यूपीएफको प्रचार आफैंमा झूटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’
 

प्रतिक्रिया दिनुहोस