काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री सिन्हाले नेपाल र युरोपेली संघ (ईयू्) बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने बताए ।
नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो’ : उद्योग मन्त्री सिन्हा
उद्योग मन्त्री सिन्हा र भारतीय समकक्षी गोयलबीच भेटवार्ता