काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै संयोजक ‘प्रचण्ड’ले देश अब निर्वाचन तयारीतिर गएको बताए।
‘अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई धेरै अप्ठ्यारो भएको मलाई थाहा छ। तर, जसरी तपाईँहरूले निर्वाचन नै हो भनेर वातावरण बनाउनुभयो। तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। देश अब निर्वाचनको तयारीतिर गएको छ, ’उनले भने।
उनले संविधानको सवालमा समीक्षा गर्नुपर्ने बेला आएको बताए। जेनजी आन्दोलनपछि त झनै यसको आवश्यकता आइसकेको उनको भनाइ छ। ‘संविधान बनेकै बेला पनि हामीले दस वर्षपछि समीक्षा गर्नुपर्छ भनेका थियौँ। जेनजी आन्दोलनपछि त्यसले हामी सबैको आँखा खोलेको हुनुपर्छ। निर्वाचनपछि आउने संसद्ले यस विषयमा पनि सोच्न जरुरी छ, ’उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य