काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।
मेलमिलाप दिवसको शुभकामना दिँदै उनले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु नै आजको लागि प्रत्येक काँग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा