काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–ई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?