महानगरविरुद्धको रिट खारेज, तीनपांग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्यो

बुधबार, २६ मंसिर २०७५, १७ : ४०
महानगरविरुद्धको रिट खारेज, तीनपांग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्यो

चितवन । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ईरिक्सा तथा अटो व्यवसायीले गत साउन महिनामा दिएको रिट उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज बुधबार खारेज गरिदिएको छ । रिट खारेज भएसँगै महानगरलाई तीनपांग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुलेको छ । हेटौँडा इजलाशका न्यायाधीशद्वय कृष्ण गिरी र टेकराज नेपालको संयुक्त इजलाशले रिट खारेज गरिदिएको हो ।

यसअघि गत साउन ७ गते हेटौंडा इजलाशले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थानबाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारी साधनलाई रोक नलगाउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस