काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ ।
आज दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति देशका तराई भूभागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, ०६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना