काठमाडौँ । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २६२ क को उपदफा (१) र (२) बमोजिम मुद्दा दर्ता गरेको छ । उनीहरु विरुद्ध क्रिप्टो करेन्सीको कारोबारबाट आर्जन भएको सम्पत्ति जफतका साथै पाँच वर्षसम्म कैदको माग गरिएको छ ।
उनीहरुले ७४ लाख ५२ हजार रुपैयाँ अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको अनुसन्धानमा भेटेपछि मुद्दा चलाउने निर्णय गरेको हो । उनीहरूका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १७ : ०७
लेखकबाट थप