गुण, दोषको आधारमा सरकारलाई समर्थन गर्छौं : राजेन्द्र महतो

मंगलबार, २५ मंसिर २०७५, १५ : ४६
गुण, दोषको आधारमा सरकारलाई समर्थन गर्छौं : राजेन्द्र महतो

विराटनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताउनुभएको छ । 

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गर्नुभयो । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उहाँले भन्नुभयो । 

संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गर्नुभयो । उहाँले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पार्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस