बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सतबाँज सिरभाँवर सडकअन्तर्गत भित्री कच्चि सडकमा सुर्नया-४ सन्सेरमाडौंदेखि धनगढी जाँदै गरेको भे. १ ख. १६३९ नम्बरको मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सुर्नया-४ कौलाडी बस्ने अन्दाजी २८ वर्षका नरेश महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए ।
ट्रक सडकबाट करिब ५० मिटर तल सुर्नया नदीमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु