काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन् ।
३४ औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताए ।
संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड