श्रीलंकामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, २१ बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०८२, ११ : ०३
श्रीलंकामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, २१ बेपत्ता

एजेन्सी । यसै हप्ता श्रीलंकामा आएको भीषण बाढी-पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चिया बगान जिल्ला बदुल्लामा राति पहिरोमा २१ जनाको मृत्यु भएको हो।

सामाजिक सञ्जालमा रहेका भिडिओमा बाढीले घरहरू बगाइरहेको देखिन्छ। पीडित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको छ।

श्रीलंकाले शुक्रबार चक्रवात दिटवाह पूर्वी तटमा पुग्ने अनुमानले तयारी तीव्र पारेको छ।

दिटवाहा सुरुमा पूर्वी तटनजिकै गहिरो डिप्रेसनका रूपमा सुरु भएको थियो। पछि यो द्रुत गतिमा चक्रवातमा परिणत भयो। यो भारतीय तटमा पनि आइपुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस