सख्खर खाँदा निको हुन्छ खोकी ?

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०८२, ०६ : ४२
सख्खर खाँदा निको हुन्छ खोकी ?

काठमाडौं । जाडोयाम सुरु हुने बित्तिकै मानिसहरूले सख्खर खान थाल्छन् । सख्खर त मिठो हुन्छ नै यो स्वास्थ्यको लागि पनि अत्यन्तै राम्रो मानिन्छ । सख्खर खानुका धेरै फाइदा छन् ।

यद्यपि,  धेरै मानिसलाई खोकी लाग्दा सख्खर खान हुन्छ कि हुन्न भन्ने द्विविधा छ । चर्चित आयुर्वेदिक डाक्टर रोबिन शर्माले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोमा, उनले सख्खर चिसो र खोकी लागेको बिरामीका लागि अत्यन्तै फाइदाजनक हुन सक्छ भनेर भनेका छन् । सही तरिकाले सेवन गर्दा सख्खरले घाँटीमा जम्मा भएको कफलाई हटाउन पनि मद्दत गर्न सक्छ ।

खोकी लाग्दा कसरी खाने सख्खर ?

सख्खरको पानी बनाएर पनि पिउन सकिन्छ । शर्माका अनुसरा तपाईंलाई खोकी लागेको छ, घाँटी दुख्ने समस्या, कफ जम्ने वा बारम्बार रुघाखोकी लाग्ने समस्या छ भने यो पानीले धेरै राहत दिन सक्छ ।

पानी बनाउन चाहिन्छ यी सामानः

–सख्खरको सानो टुक्रा

–१-४ इन्च अदुवा,

–४–५ दाना कालो मरिच

–तुलसीको ५–७ पत्ता

पानी बनाउने तरिका

–सख्खरको सानो टुक्रा लिनुहोस् अनि यसलाई हल्का रूपमा कुट्नुहोस् ।

–लगभग १÷४ इन्च अदुवा, ४–५ कालो मरिचको दाना, र ५–७ तुलसीको पातलाई पनि एकसाथ कुट्नुहोस् ।

–यी सबै सामानलाई एउटै भाडामा हालेर राम्रोसँग मिलाउनुहोस् ।

–भाडामा एक गिलास पानीमा खन्याउनुहोस् र चुल्होमा उमाल्न राख्नुहोस् ।

–पानी घटेर आधा भएपछि, ग्यास बन्द गर्नुहोस् । यो पानीलाई छान्नुहोस् र खाली पेटमा मनतातो पिउनुहोस् ।

हरेक बिहान खाली पेटमा यो पानी पिउनाले घाँटीमा जम्मा भएको कफलाई बिस्तारै हटाउन मद्दत गर्छ, खोकीबाट राहत दिन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो पानी जाडो मौसममा विशेष गरी प्रभावकारी हुन सक्छ, किनकि सख्खर र अदुवा दुवैले शरीरलाई न्यानो राख्छ ।

सख्खर र अदुवामा एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुणहरू प्रशस्त मात्रामा पाइन्छ । जसले घाँटीको सूजन कम गर्न मद्दत गर्दछ । कालो मरिचको तिखोपनले घाँटी सफा गर्छ र तुलसीले श्वासप्रश्वास समस्याहरूको लागि प्राकृतिक राहत दिन्छ ।

तर खोकी धेरै दिनसम्म रहिरह्यो, ज्वरो आयो वा सास फेर्न गाह्रो भयो भने घरेलु उपचारहरूमा मात्र भर पर्नुहुन्न । यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस