काठमाडौँ। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ।
निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधवार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगले जनाएको छ ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने छ।
यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने आयोगको भनाइ छ ।
यसअघि बुधवार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याइने