भौतिकवाद र आध्यात्मवादलाई फ्यूजन गरे विकास सम्भव छ : मूख्यमन्त्री पौडेल

शनिबार, २२ मंसिर २०७५, १५ : ४४
भौतिकवाद र आध्यात्मवादलाई फ्यूजन गरे विकास सम्भव छ : मूख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणि पौडेलले भौतिकवाद र आध्यात्मवादलाई फ्यूजन गरेर मात्र देशको विकास सम्भव रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका ११ स्थित गणेशस्थानमा आयोजित श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञ तथा आध्यत्मिक महोत्सवको २०७५ को उद्घाट गर्दै मूख्यमन्त्री पौडेलले भौतिकवाद र आध्यात्मवादलाई फ्यूजन गरेर मात्र आगाडि बढ्न सकिने बताउनुभयो ।
समाजलाई रुपान्तरण गर्ने सजिलो माध्य आध्यात्मवाद भएको उहाँको भनाई थियो । पौडेलले नेपालमा रहेका पर्यटकीय क्षेत्रको बाह्य देशमा प्रचार गर्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा धेरै पर्यटकीय क्षेत्र छन्,उहाँले भन्नुभयो,‘हामीले पर्यटकीय क्षेत्रको मूल्य मान्यता, धार्मिक महत्व बुझाउन सकेनौ । उजागर गर्न सकेका छैनौ । त्यो हाम्रो कमजोरी हो ।’
मूख्यमन्त्री पौडेलले धार्मिक पर्यटकीय क्षेत्रको अन्तराष्ट्रियकरण, बजारीकरण गरे पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । चितवन जिल्ला देशकै पर्यटकीय गन्तव्य हो, उहाँले भन्नुभयो,‘हामीले धार्मिक पर्यटकीय स्थलमा पर्यटकलाई आउने वातावरण बनाउन सकेका छैनौ । गणेशस्थानलाई देवघाटधामसँग जोड्न सके गणेशस्थानको महत्व बढेर जान्छ । यस्ता महत्वपुर्ण ऐतिहासिक ठाँउहरुको खोजी गरेर विकास गर्नुपर्छ ।’
पौडेलल प्रदेश सरकारले गणेशधाम निर्माणका लागि यस बर्ष ९० लाख रुपैयाँ बिनियोजन गरेको भएपनि यसको निर्माणमा थप सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस