काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड, ‘ख’ वर्गका बैंकले ३९ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
मुद्दती निक्षेपमा २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ कात्तिक १९ गते दिउँसो १२ बजेभित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत सर्त राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव