‘काँग्रेस सुधार अभियान’ मा लागेका युवाहरूद्वारा पार्टी कार्यालयको गेटमा तालाबन्दी

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०८२, १४ : १८
‘काँग्रेस सुधार अभियान’ मा लागेका युवाहरूद्वारा पार्टी कार्यालयको गेटमा तालाबन्दी

काठमाडौँ । नियमित महाधिवेशन गर्न दबाब दिँदै नेपाली काँग्रेसका युवाहरूले काँग्रेस सुधार अभियान (अन्डर फोर्टिन) अभियान सञ्चालन गरेका छन् ।

अभियानले पार्टी कार्यालयमा रहेको सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका छन् भने पार्टी कार्यालयको गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाले नाराबाजी गरिरहेका छन् । जेन जेड आन्दोलनमा पार्टी कार्यालय जलाइएपछि काँग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस