काठमाडौं । लामो समयदेखि बैंकिङ क्षेत्र अधिक तरलताको दबाबमा छन् । त्यस्तो तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप खिचिरहेको छ । आइतबार पनि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले १७५ दिनका लागि उक्त निक्षेप तान्न आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । यसअघि राष्ट्र बैंकले २१, ४२ र ९० दिनका लागि निक्षेप तान्दै आएको थियो । तरलताको दबाब कायमै रहेका कारण राष्ट्र बैंकले समय अवधि बढाएर निक्षेप तान्न थालेको जनाएको छ ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी २०८३ सालको बैशाख १३ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने