कार्यालय खुले तर कर्मचारी बाहिरै

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, ०७ : ५८
कार्यालय खुले तर कर्मचारी बाहिरै

काठमाडौ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड र आगजनी भएपछि सामान्य सेवा सुरु भएको सिंहदरबारभित्र आइतबार कतिपय कर्मचारी कार्यालय प्रवेश नै गर्न सकेनन् । 

कार्यालयको मूल प्रवेशद्वारमा सिसा, काठका टक्रा र जलेका सवारीसाधनका धुलोले कार्यालय प्रवेश गर्नै कर्मचारीलाई सकस भयो । मन्त्रालय र कार्यालयमा कहाँ कति क्षति पुगेको छ भन्ने मुचुल्का तयार गर्ने काम भइरहेका छन् । 

अधिकांश कार्यालयमा कर्मचारी कार्यालयबाहिरै बसेर अवलोकन छन् भने केही कर्मचारी कार्यालयमा प्रवेश गरे पनि कार्यकक्ष अस्तव्यस्त अवस्थामा रहेकोले बाहिरै बस्नु परेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस