काठमाडौं । आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको हो।
उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन्।
साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन्। अनिल शाह पनि टोलीमा फर्किएका छन्।
यस सिरिजमा नेपालसँगै यूएई र अमेरिका सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
नेपालले यूएईलाई ३७ रनले हरायो
विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
विश्वकप लिग–२: नेदरल्यान्ड्समाथि दोस्रो जितको खोजीमा नेपाल