काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज निर्वाचनको सुरक्षा तयारी लगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका छन् ।
उनले प्रधानमन्त्री, गृहमन्त्रीसहितको उपस्थितीमा सुरक्षा प्रमुखहरुसहित छलफल गर्न लागेका हुन् । छलफल बिहान ११ बजेपछि बोलाइएको छ ।
राजनीतिक दलहरुले सरकारले अझै चुनावको वातावरण बनाउन नसकेको, दलहरुसँग सार्थक सम्वाद नभएको र दलहरुलाई तर्साउने रणनीतिमा मात्र सरकार रहीरहेको आरोप लगाउन थालेपछि राष्टपति पौडेलले सुरक्षा तयारीका बारेमा जानकारी लिन लागेका हुन् ।
त्यसो गर्दा दलहरुसँग सुरक्षाका बारेमा विश्वस्त बनाउन सकिने बुझाईमा राष्टपति पौडेल छन् । हिजो मात्रै नेकपा एमालेले केन्द्रीय समिति बैठकबाट अझै पनि निर्वाचन वातावरण बनाउने तिर सरकार नदेखिएकोले निर्वाचन हुन नसक्ने भन्दै संसद पूर्नस्थापनाका लागि जनपरिचालनको कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
यसले दलहरु अझै चुनवामा जाने वातावरण नबन्ने अवस्था आए मुलुक भयावह अवस्थामा जानसक्ने र फेरि अर्काे नयाँ ढंगको द्दन्द्द सिर्जना हुने देखेपछि पौडेलले आफै सक्रियता देखाईरहेका छन् ।
उनले सुरक्षा निकायका प्रमुख सहित प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेपछि राजनीतिक दलका नेताहरुसँग पनि सम्वाद गर्ने तयारी गरेको राष्टपति कार्यालय स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति