काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज निर्वाचनको सुरक्षा तयारी लगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका छन् ।
उनले प्रधानमन्त्री, गृहमन्त्रीसहितको उपस्थितीमा सुरक्षा प्रमुखहरुसहित छलफल गर्न लागेका हुन् । छलफल बिहान ११ बजेपछि बोलाइएको छ ।
राजनीतिक दलहरुले सरकारले अझै चुनावको वातावरण बनाउन नसकेको, दलहरुसँग सार्थक सम्वाद नभएको र दलहरुलाई तर्साउने रणनीतिमा मात्र सरकार रहीरहेको आरोप लगाउन थालेपछि राष्टपति पौडेलले सुरक्षा तयारीका बारेमा जानकारी लिन लागेका हुन् ।
त्यसो गर्दा दलहरुसँग सुरक्षाका बारेमा विश्वस्त बनाउन सकिने बुझाईमा राष्टपति पौडेल छन् । हिजो मात्रै नेकपा एमालेले केन्द्रीय समिति बैठकबाट अझै पनि निर्वाचन वातावरण बनाउने तिर सरकार नदेखिएकोले निर्वाचन हुन नसक्ने भन्दै संसद पूर्नस्थापनाका लागि जनपरिचालनको कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
यसले दलहरु अझै चुनवामा जाने वातावरण नबन्ने अवस्था आए मुलुक भयावह अवस्थामा जानसक्ने र फेरि अर्काे नयाँ ढंगको द्दन्द्द सिर्जना हुने देखेपछि पौडेलले आफै सक्रियता देखाईरहेका छन् ।
उनले सुरक्षा निकायका प्रमुख सहित प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेपछि राजनीतिक दलका नेताहरुसँग पनि सम्वाद गर्ने तयारी गरेको राष्टपति कार्यालय स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस