काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’
जेन जेड युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरू खुल्ने बताएका छन् ।
‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरूमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरू दिएको छु’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस