काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आज बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गरी नयाँ नेतृत्व चुन्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताएका छन् ।
‘अध्यक्ष ‘प्रचण्ड’ले सबै कमिटी भंग गरेर आयोजक समितिमा रूपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ ती पदाधिकारीले भने ।
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएको छ ।जेन जेड युवा आन्दोलनपछि यो माग अझ बढी चर्को भएको छ । उपमहासचिव शर्माले ‘प्रचण्ड’ले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा