काठमाडौँ। नारायणगढ-मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् ।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै शुक्रबार साँझदेखि पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन् ।
केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा