काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शान्ति, सहकार्य र आपसी विश्वासमार्फत समाज र नागरिकका आकांक्षा सम्बोधन गर्न सकिने धारणा राखेकी छन् ।
उपाध्यक्ष घिमिरेले सोमबार एक विज्ञप्तिमार्फत नागरिकले आफ्ना विचार सार्वजनिक गर्नु, माग प्रस्तुत गर्नु र असन्तुष्टि व्यक्त गर्नु नै लोकतान्त्रिक अधिकार भएको बताइन्।
उनले कुनै पनि आन्दोलनले हिंसात्मक रूप लिँदा त्यसले समाजमा विभाजन, असुरक्षा र अविश्वास सिर्जना गर्ने उल्लेख गर्दै पछिल्लो पटक जेन जेड प्रदर्शनले समाजका केही गहिरा असन्तुलन र दीर्घकालीन समस्या उजागर गरेकाले त्यसलाई संवाद र सहकार्यको बाटोबाट सम्बोधन गर्न आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १० : ४८
लेखकबाट थप