चितवन । जेन जी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका सरकारी कार्यालयकोे सफाइ सुरक्षाकर्मीले गर्ने भएका छन् । जिल्ला सुरक्षा समितिले जिल्लाका सबै सरकारी कार्यालयहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मिलेर सफाइ गर्ने निर्णय गरेको हो ।
आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालय सबैभन्दा धेरै तोडफोड तथा आगजनी भएको जिल्लामा चितवन पर्दछ । यहाँको सात स्थानीय तहमध्ये माडी नगरपालिका कार्यालय बाहेक सबै स्थानीय तहमा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरिएको छ ।
जिल्लाको सदरमुकाम भरतपुरमा रहेका मध्ये सर्वसाधारणको बढी सेवा लिने निकायहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, सघन सहरी विकास कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कृषि समन्वय इकाई, शिक्षा समन्वय इकाई सहित भरतपुर महानगरपालिकाका अधिकांश वडा कार्यालयहरु, इलाका स्तरका प्रहरी चौकीहरुमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १३ : २२
लेखकबाट थप