विषम परिस्थितिमा अत्यावश्यक सेवा सञ्चालनबारे सचिवस्तरीय भर्चुअल बैठक

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०८२, ११ : ५१
विषम परिस्थितिमा अत्यावश्यक सेवा सञ्चालनबारे सचिवस्तरीय भर्चुअल बैठक

काठमाडौँ । देशभर उत्पन्न विषम परिस्थितिमा अत्यावश्यक सार्वजनिक सेवाहरू सुचारु राख्न मुख्यसचिव एकनारायण अर्यालले सचिवस्तरीय भर्चुअल बैठक आह्वान गरेका छन्।

बैठकमा नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रमुखसमेत सहभागी हुने जनाइएको छ। अस्पताल, विद्युत, खानेपानी, टेलिफोनलगायत सेवाहरू निरन्तर सञ्चालन गर्न आवश्यक निर्णय हुने एक सचिवले  जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस