संघीय संसद्स: सभाकक्ष तयार पार्न पाँच करोड

पत्रपत्रिकाबाट

शुक्रबार, २१ पुस २०७४, ०८ : ०९
संघीय संसद्स: सभाकक्ष तयार पार्न पाँच करोड

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुनःसंरचना गरिरहेको संघीय संसद् सचिवालयले संसदीय समिति बैठक कक्ष र कार्यालय प्रयोजनका लागि सिंहदरबारभित्रै दुईवटा ‘प्रिफेब’ भवन बनाउने भएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नुप्त्से हललाई राष्ट्रिय सभाको हल बनाउन तयारी गर्दै कामदार ।

सभाकक्ष व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ५ करोड रुपैयाँ लिएको सचिवालयले ‘प्रिफेब’ भवन बनाउन डेढ करोड खर्चने तयारी गरेको छ ।

संघीय संसद् भवन निर्माणमा तदारुकता नलिएका कारण बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी भाडा खर्च गरिरहेको सचिवालयले सिंहदरबारभित्रै अस्थायी संरचना निर्माण र भाडाकोभवन पुनस्संरचनामा ठूलो रकम खर्चन लागेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस