काठमाडौँ। २२औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना व्यक्त गर्दै सेवाप्रवाहमा देखिएका झन्झटपूर्ण प्रक्रियामा तत्काल सुधार ल्याउन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी निजामती सेवाकै भएकाले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।
उनले सन्देशमा भनेका छन्, “सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ। नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ। टेबल र कुर्चीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार गर्नुपर्ने बेला आएको छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १० : ३०
लेखकबाट थप