श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, १२ : ५१
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४मा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको अभियोगमा ३६ वर्षीय किरण गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस