चुनावमा उठ्ने घोषणा लगत्तै विवादमा लेखजंग !

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०८२, २० : ५४
चुनावमा उठ्ने घोषणा लगत्तै विवादमा लेखजंग !

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले सोमबारका लागि घोषणा गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरिएको हो।

आखिर किन भयो स्थगित ?

उनले बहुविवाह गरेको भन्दै प्रश्न उठेपछि अनुसन्धान गर्न समय लाग्ने भन्दै रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरूले बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भने विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको दाबी गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार लेखजंग थापाले बहुविवाह गरेको सार्वजनिक भएसँगै पत्रकार सम्मेलन रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस