पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०८२, ११ : १०
पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।

बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७: ५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।प्रहरीका अनुसार सवारी साधनहरूलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस