टप इन्ड सिरिजः नेपालले मेर्लबर्नलाई दियो १४० रनको सामान्य लक्ष्य

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १२ : ५५
टप इन्ड सिरिजः नेपालले मेर्लबर्नलाई दियो १४० रनको सामान्य लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो ।

टीममा निकै फेरबदल गरिरहेको नेपालले आज नियमित कप्तान रोहितकुमार पौडेललाई बेन्चमा राखेको थियो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको कप्तानी गरेका छन् । नेपाललाई आज मध्यक्रममा रोहितको अभाव खट्कियो ।

 

प्रतिक्रिया दिनुहोस