काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन 'डी' को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए ।
रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्रप्रसाद यादवले दिएको जानकारी अनुसार लामिछानेलाई भिटामिन 'डी' को कमी भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको उनले बताए ।
'सभापतिज्यू को रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार, उहाँको शरीरमा भिटामिन डि को कमी देखिएको छ। रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय उहाँले बताउनुभएको छ’, झाले जानकारी दिए ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ