पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०७ : २१
पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस