नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, १३ : २८
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ

चितवन । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर सालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दीपक’ भन्ने ध्रुवबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको डिएसपी खनालले बताए । उक्त पर्चामा ‘सालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका बताइएको छ ।

डिएसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदै छ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको सुन्नमा आएको प्रहरीले जनाएको छ । कार्यालय समयमा बहुमतका कार्यकर्ताले अनुहारमा मोसो दलेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस