भूमि विधेयकमाथिको छलफल स्थगित

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, १२ : २६
भूमि विधेयकमाथिको छलफल स्थगित

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ । बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो । तर, विधेयक माथिको छलफल स्थगित भएको भएको छ ।

विधेयकको प्रतिवेदनमा छलफल चलिरहेकोले बैठक स्थगित भएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । मंगलबारको बैठक पनि स्थगित भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस