काठमाडौँ । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको बताए।
पहिलोपटक नेपाललाई यो उपाधि दिलाउन सफल ढाँटलाई प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। यसअघि मंगलबार काठमाडौं महानगरले उनलाई २ लाख रुपैयाँ प्रदान गरेको थियो। यस्तै, बझाङका विभिन्न स्थानीय तहहरूले समेत नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन्।
साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, १० : ५६
लेखकबाट थप