पर्सा । पर्सामा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
ठोरी गाउँपालिका–२ स्थित ढेँडुखोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।
खोलामा पौडी खेल्ने क्रममा स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय छोरा आयांस कठायतको मृत्यु भएको हो।
उनीहरूलाई स्थानीयले खोलाबाट बाहिर निकालेर ठोरीस्थित स्वास्थ्य चौकीमा पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्।
घटनाको थप अनुसन्धान सुरु गरिएको र दुवै बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु