यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, १५ : १९
यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट

काठमाडौं । नेपालको सिनियर महिला राष्ट्रिय टोली एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको एक महिना मात्र बितेको थियो । नेपालको यू२० महिला राष्ट्रिय फुटबल टोली पनि सोही उमेर समूहको महिला एसियन कपमा छनोट हुन सकेन ।

जहिले पनि अन्तिम समयमा चुक्ने नेपाली महिला फुटबलको विगत छ । सिनियर टोली अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित हुँदा निकै नजिक पुगेर पनि एसिया कपमा छनोट हुन सकेन ।

सिनियरतर्फ नेपालको दुई छिमेकी भारत र बंगलादेशले महिला एसिया कपमा छनोट हादा नेपाल चुकेको थियो । जुनियरतर्फ पनि नेपालकै दुई छिमेकी भारत र बंगलादेशले फड्को मार्‍यो । दुवै टोली यू२० महिला एसियन कपमा छनोट भयो । नेपाल भने फेरी छनोट हुन असफल रह्यो ।

यू२० महिला एसियन कप छनोटमा नेपालको प्रदर्शन र नतिजा दुवै कमी भयो । नेपाली यू२० टोली सिनियर टोलीको जस्तो उत्कृष्ट प्रदर्शन समेत गर्न सकेन । भुटानमा आइतबार सम्पन्न छनोटको समूह ए मा नेपाल उत्तर कोरिया भन्दा पछि दोस्रो स्थानमा रह्यो ।

अंकतालिका नेपालले १ जित १ बराबरी र १ हारबाट ४ अंक जोड्यो । साविक विजेता र यू२० महिला विश्वकप विजेता समेत रहेको उत्तर कोरिया सबै ३ खेल जितेर ९ अंक जोड्दै समूह विजेता बनेर छनोट भयो ।

 

प्रतिक्रिया दिनुहोस