काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सञ्चालनमा आएको ‘गुनासो व्यवस्थापन केन्द्र’मा केन्द्र सुरु भएको एक महिना नपुग्दै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो दर्ता भएका छन् ।
केही तत्काल समाधान भइसकेका र बाँकी क्रमशः सम्बोधन भइरहेको मन्त्रालयले जनाएको छ । सेवाग्राहीले गुनासो दर्ताका लागि मन्त्रालयमा इमेल ठेगानामा वा तोकिएका नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले सेवाग्राहीका गुनासो सुनुवाइ र समाधानका लागि स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्र’ गत २०८२ साउन ८ गतेदेखि सक्रिय रूपमा सञ्चालनमा ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु भएको केन्द्रले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा संकलन, वर्गीकरण र सम्बोधन गर्ने जिम्मेवारी पाएको छ ।
मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाको नेतृत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुलीसमेतको टोलीले गुनासो व्यवस्थापन गर्दै आएको छ । मन्त्रालयका अनुसार सामान्य सूचना वा प्रक्रिया सम्बन्धी गुनासो तत्काल समाधान गरिँदै आएका छन् भने जटिल वा नीतिगत विषयमा भने सम्बन्धित शाखा, महाशाखा र उच्च व्यवस्थापन तहबाट प्रक्रिया पूरा गरी एक महिनाभित्र समाधान गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ साउन २०८२, १२ : ३७
लेखकबाट थप