काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल कायम वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा तोडेको छ । पार्टीमा हाल विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान रहेको छ ।
तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउन परेको भन्दै सो सीमा तोडिएको एक नेताले बताए ।उनका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकबाट केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जबाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको हो ।
अब वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरुको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने ती नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन