बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् ।
आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि गृह मन्त्रालयले रोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?