काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै अडानको कारणले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन् ।पार्टीका सचिव लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसी पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै माओवादीले धेरै पहल गरेर नै जस्ताको तस्तै पारित हुन नदिएको जिकिर गरे।
उनले भने, ‘अनुमोदनको कुरा चलिरहेको बेलामा हामीले जस्ताको तस्तै पारित हुन नदिनको लागि धेरै गर्यौँ। कांग्रेस हर हालतमा पारित गर्ने पक्षमा थियो, कुनै पनि संशोधन आवश्यक छैन भन्ने पक्षमा थियो। उहाँहरूबिच विमति पनि देखिँदैनथ्यो।
उनले नेकपा हुँदा पनि कार्यदल बनाएर अध्ययन गरेर यथास्थितिमा पारित हुन हुँदैन भनेर सुझाव दिएको समेत बताए। उनले एमसीसी रोक्नको लागि आफूहरूले एमालेलाई सरकारको नेतृत्व गर्न भनेको समेत दाबी गरे। एमसीसी पारित हुने बेलामा कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो।
उनले भने, ‘हामीलाई जनभावना अनुसार बनाउन लागिरहेका थियौँ। तर अहिलेका प्रधानमन्त्रीले कमा र फुलिस्टप पनि चेन्ज गर्न आवश्यक छैन भन्नुभयो। जस्ताको तस्तै पारित हुन्छ भन्नुभयो।’
उनले अन्तिम समयमा कांग्रेस र एमालेले नै बहुमत पारित गर्ने भएपनि आफूहरूले व्याख्यात्मक टिप्पणी गर्न बाध्य पारेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड
पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र लगानी गरिरहेका छन् : प्रचण्ड
जनार्दनले पार्टीविरुद्ध सार्वजनिक रूपमा बोलेकोप्रति ‘प्रचण्ड’ले जनाए असन्तुष्टि
प्रचण्डले लिए घाइते भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी
‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो’: ‘प्रचण्ड’
माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिपरेको छ : प्रचण्ड