काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भैँसेपाटीस्थित घरमै पुगेका छन् । लामो समयदेखि अस्वस्थ रहेकी मिश्रकी आमासँग उनले भेटघाट गरे ।
पार्टीभित्र दुई गुटको अन्तरद्वन्द्व चर्किएका बेला ‘न्यूट्रल’ रहेका मिश्रको घरमा लिङदेनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटघाटको प्रयोजन राजनीतिक नभए पनि यसले दुई नेताहरूबीचको आपसी सम्बन्धमा सुधार ल्याउने विश्वास गरिएको छ ।
मिश्रकी आमा डिमेन्सिया रोगबाट ग्रस्त छिन् । उनी सबै कुरा बिर्सिँदै गएकी छन् । छोरालाई पनि कहिलेकाहीँ चिन्दिनन् । भेटका क्रममा मिश्रले आमालाई अध्यक्षसँग चिनाउने प्रयास गरेका थिए । मिश्रले उनलाई स्वास्थ्य लाभको कामना गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्रले काठमाडौँ-१ बाट गरे उम्मेदवारी दर्ता
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्र धरौटीमा रिहा