काठमाडौँ । बागमती प्रदेश संसदीय दलको नेतामा फेरि मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशसभा सदस्य इन्द्र बानियाँबिच भिडन्त हुने भएको छ । संसदीय दलको निर्वाचनका लागि लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।
लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् । यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान ११ बजे सम्पन्न भएको छ । अब उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् । लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएपछि बुधबार भोटिङ हुँदा उनले विश्वासको मत गुमाएका थिए ।
उनले १५ मत पाउँदा विपक्षमा २२ मत पसेको थियो । यसअघि २०७९ को निर्वाचनलगत्तै संसदीय दलको निर्वाचन हुँदा लामा र बानियाँबिच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला लामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस